संसद चलिरहेकै बेला ब्रिटिस संसदमा अर्धनग्न प्रर्दशन गरिएपछि …!

एजेन्सी, २१ चैत्र । ब्रिटिस संसदको इतिहासमै पहिलो पटक संसदमा अर्धनग्न प्रदर्शन गरिएको छ ।

वातावरणीय संरक्षणको एक समुहलेले मंगलबार संसदको गेलरीभित्र करिब २० मिनेट सम्म अर्धनग्न प्रर्दशन गरेको हो ।

सार्वजनिक स्थलको गरिमा भंग गरेको आरोपमा प्रर्दशनकारिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

दुनियाको कयौँ लोकतन्त्रको लागि उदाहरण बनेको ब्रिटेन संसदलाई संसदहरुको आमा ‘मदर अफ पारलिमेन्टस’ समेत भनिन्छ ।

एक विवादका कारण जुलाई १९७८ मा माल्टाका पूर्व प्रधानमन्त्री डोम मिन्टाेफ छोरीले संसद कक्षमा घोडाको दीसाले भरिएको झोला फालेकि थिइन् ।