सातवटै प्रदेशका मुख्यमन्त्रीको बालुवाटारमा जम्काभेट, के छ बिशेष ?

काठमाडौं, २१ चैत । सातवटै प्रदेशका मुख्यमन्त्री बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, ६ का महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री तर्कराज भट्ट प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार भेला भएका छन् ।

प्रदेश २ को बारा र पर्सामा गत आइतबार साँझ आएको भीषण हावाहुरीले ठूलो विनाश गरेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएको ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

सातवटै प्रदेश सरकार र संघीय सरकारले पीडितका लागि के कस्ता सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर एउटा निर्णय लिइने बताइएको छ ।