देउवालाई पर्नु आपत पर्यो : आफुविरुद्ध आफ्नै पार्टीका ५१ जिल्ला सभापतिले काठमाडौंमा भेला गर्दै

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् ।

महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने भएका हुन् ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित हुन ।

राजधानीको ठमेलमा वुधवार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल आज बिहिबारसम्म जारी रहने बताइएको छ ।