मुद्दा दायर गरेको छ

काठमाडौँ, १९ पुस | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आत्रेयविरुद्ध शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु सात हजार घुस मागेको अभियोग लागेको छ । विचौलियाका रुपमा रहेको भन्दै आयोगले सरिता कार्कीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस