फरार अभियुक्त पक्राउ

धनगढी, २० चैत । कतव्र्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर कैद भुक्तान गरिरहेकै अवस्थामा कारागारबाट फरार भएका सहदेव रानालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २०५७ फागुनदेखि कैलाली कारागारमा कैद भुक्तान गरिरहेका धनगढी उपमहानगरपालिका—१० घुइँयाघाटका रानालाई सोही ठाउँबाट पक्राउ गरी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । कैद भुक्तान गरिरहेकै अवस्थामा कारागार तोफोड गरी उनी २०६१ माघ २७ गते फरार भएका थिए ।रासस