दीपक मनाङे भन्छन् – ‘पूर्व डिआईजी रमेश खरेल म भन्दा पनि ठूलो गुण्डा हो !’ (भिडियो सहित)

काठमाडौं, १९ पुस । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले पूर्व डिआईजी रमेश खरेललाई आफूभन्दा ठूलो गुण्डा भएको आरोप लागेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा बरिष्ठ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पूर्व डिआईजी खरेलमाथि यस्तो आरोप लगाएका हुन् ।

गुरुङले खरेलले आफूलाई बिना कुनै कारण दशरथ रंगशालाबाट पक्राउ गरेको घट्ना सुनाउँदै यस्तो आरोप लगाएका हुन् ।

उनले भने,”खरेल तत्कालिन भ्याली एसपी हुँदा एम.एम.सी र पुलिस क्लबबीच फुटबल म्याच थियो । म एम.एम.सीको बरिष्ठ सल्लाहकार भएको नाताले गएको थिएँ । मैले खेलाडीहरुलाई हौसला पनि प्रदान गरेकै हो । तर, जब पुलिस क्लबले दुई गोल खायो । त्यसपछि त्यो मान्छेले मलाई समात्यो । उसले त्यो बेला पावर मिसयुज गरेर मलाई गुण्डागर्दीको आरोप लगायो । म त भिआईपी लाउञ्जमा बसेको थिएँ । गुण्डागर्दी त रमेश खरेलले गरेको हो, मैले होईन ।”

उनले रमेश खरेल आईजीपी भएको भए यो देश नै सकाउने थिए भन्ने समेत आरोप लगाए ।

अरु के-के भने भिडियो हेर्नुहोस् :