अभिनेत्री रेखा थापा विप्लव माओवादीमा प्रवेश गरेकी हुन् ?

काठमाडौ, २० चैत्र । अभिनेत्री रेखा थापा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको हल्ला चलेको संचारमाध्यममा समाचार प्रकाशित भएको छ । तर रेखा आँफैले भने आफु राष्ट्रिय प्रजातन्त्र पार्टीमै रहेको बताएकी छिन् ।

विप्लवका एक नाम चलेका नेताले समेत रेखा नेकपमा प्रवेश गरेको नगरेको बारे अहिले कुरा नगर्ने भन्दै उहांको समर्थन छ भनेका छन् ।

उनि निकट ब्यक्तिहरुले रेखा विप्लवमा प्रवेश गरेको बताउने गरेका त छन् नै, रेखा आफै पनि विप्लव पार्टिलाई सहयोग हुने किसिमका विभिन्न स्ट्याटस सामाजिक सन्जालमा शेयर गर्ने गरेकी छिन् । उनका स्ट्याटस पढ्दा समेत विप्लवको रङ भेटिन्छ ।

आज मात्रै विप्लव माओवादीले सुरुवात् गरेको एनसेलको सिम फिर्ताको स्ट्याटस राख्दै रेखाले सहमती जनाएकी छिन् । केहि दिनअघि मात्रै पनि विप्लवसँग सम्वन्धित एक समाचार ट्याग एसेप्ट गरेकी थिइन् । उक्त न्युज शेयर गरिएको स्ट्याटसमा लेखिएको थियो, ‘हामी आफ्नो आदर्शका लागि जस्तो सुकै कठिन यात्रा पनि गर्न तयार छौं, तर दलालहरू र दलाल पूँजीवादी सत्ताका सामु एकरत्ती झुक्न तयार छैनौैं ।’

अभिनेत्री रेखाले केहि समयअघि नेपाल कम्युनिष्ट पार्टी विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध जायज नभएको बताएकी थिइन् । फेसबुकमा एक स्टाटस लेखेर सरकारले नेकपा विप्लवलाई जवर्जस्ती युद्धमा धकेलेको आरोप लगाएकी थिइन् ।

रेखाले विप्लवलाई समर्थन गरेका स्ट्याटस, विप्लवका नेताहरुको फेसवुकमा कमेन्टका आधारमा उनि सतप्रतिशत विप्लव माओवादीमा प्रवेश गरेको अनुमान लगाउन खासै गाह्रो नपर्ने साप्ताहिकले खबर छापेको छ ।