ओरेन्टल सहकारीका अध्यक्ष तथा व्यवसायी सुधीर बस्नेत पक्राउ

काठमाडौं, २० चैत । ब्यबसायी सुधीर बस्नेत पक्राउ परेका छन् । ओरेन्टल सहकारीका अध्यक्ष तथा ब्यबसायी बस्नेतलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो ।

बस्नेतलाई पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले पुष्टि गरेका छन् । उनलाई किन पक्राउ गरिएको हो भन्ने बारेमा भने प्रहरीले केहि बताएको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।