पत्रकारिता तालीम शुरु

धम्बोजी, २० चैत। आजदेखि यहाँ उद्घोषण तथा आधारभूत पत्रकारिता तालीम शुरु भएको छ । उक्त तालीमको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो ।

स्थानीय तह आएपछि आफूहरुले गरेका विकास निमार्णका कामलाई प्रचारप्रसार गर्न तालीमबाट मद्दत पुगेको उहाँले बताउनुभयो । विकास निमार्णको कामबारे कमल चलाउन अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । ‘विकासको लागि हाम्रो प्रयास नेपाल’का राधा आचार्यले पत्रकारिताका माध्यमबाट बढैयातालको प्रचारप्रसार गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

विकासको लागि हाम्रो प्रयास नेपाल नामक संस्थाको आयोजनामा सञ्चालित तालीम आठ दिनसम्म चल्ने छ । तालीममा ५० जनाको सहभागिता छ । रासस