कांग्रेस नेत्री सुजाता कोइरालाले देउवा फेरी पनि नेतृत्वमा दोहोरी पार्टीको लागि मात्रै नभएर सिंगो देशलाई समेत घाटा हुने बताइरहेको बेला सभापति देउवाले भने ठोकुवा गरे – ‘विधान अनुसार चुनाव लडेर पुन: पार्टी नेतृत्वमा आउछु !’

दाङ, २० चैत्र । पार्टीभित्रको विवादले उग्र रुप लिएको बेला पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार चुनाव लडेर पुन: नेतृत्वमा आउने बताउनु भएको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै उहाँले पार्टीको विधान अनुसार चुनाव लडेर नै पार्टी सभापति बन्ने बताउनु भएको हो ।

सभापति देउवाले सरकारको खण्डन गर्दै जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

सरकार बनेको १ वर्ष पुरा हुँदा समेत जनताको लागि एउटा पनि काम गर्न नसकेको भन्दै सरकारले उठाएको कदम समेत गलत रहेको दाबी गर्नुभयो ।