ब्रुनाईमा आजदेखि लागु भयो नयाँ कानुन : चोरी गरे हात खुट्टा काटिने, समलिङ्गी सम्बन्ध राखे ढुङ्गाले हानेर मृत्युदण्ड दिइने !

काठमाडौं, २० चैत्र । ब्रुनाईमा समलिङ्गी सम्बन्ध राखेमा मृत्युदण्डको सजाय हुने भएको छ । आज बुधाबरबाट लागु हुने गरी ब्रुनाई सरकारले समलिङ्गी सम्बन्धि नयाँ कानुन लागू गरेको हो ।

यसअघिको समलिङ्गी सम्बन्ध भए १० वर्षको जेल सजायसम्म हुन सक्ने कानूनलाई संशोधन गर्दै ब्रुनाईले अब समलिङ्गी सम्बन्ध राखेमा ढुंगाले हानेर मृत्युदण्ड दिने सजाय लागू गरेको बीबीसीले जनाएको छ ।

त्यहाँको सरकारले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी ईश्लामिक अतिवादी शरिया कानून पूर्ण रुपमा कार्यान्वयन हुने घोषणा गरेको गरेको छ । त्यस्ता सम्बन्ध राखेको पाईए ढुंगाले हानेर मृत्युदण्ड दिने प्रावधान राखिएको छ ।

यसका साथै त्यहाँको सरकारले चोरी गर्नेहरुको हात खुट्टा काटिने लगायतका कडा व्यवस्था गर्ने जनाएको छ ।

ब्रुनाईको यस्तो निर्णयले अन्तर्रा्ष्ट्रिय समुदायमा तरंग ल्याएको छ । मुस्लिम बाहुल्य मुलुक ब्रुनाईमा मृत्युदण्डको कानून रहेपनि सन् १९५७ यता त्यो कार्यान्वयन भने नभएको बीबीसीले उल्लेख गरेको छ ।