गोरु तस्करको समाचार लेख्ने पत्रकारकी १८ बर्षीय छोरी मध्यराती घरबाटै अपहृत !

बुटवल, २० चैत्र । गोरु तस्करको समचार लेखेपछि रुपन्देहीमा एक स्थानीय पत्रकारकी छोरीको अपहरण भएको छ ।

गोरु तस्करको समाचार लेखेको रिसमा तस्करले पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहानको अपहरण भएको हो ।

पत्रकारकी छोरीलाई अपहरण गरि झण्डै १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा फेला पारिएको पारिवारिक स्रोतले जनाएको छ ।

रुपन्देहीको लुम्बिनी क्षेत्रबाट पत्रकारिता गर्दै आएका पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहान बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा फेला परेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अपहरणमा परेकी किशोरी हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी छिन् ।

घरमा बाबु आमासँगै सुतेकी उनलाई तस्करहरुले नै अपहरण गरेर छोरीको यस्तो अवस्था बनाइदिएको आरोप पिडित परिवारको रहेको छ ।

छोरी अपागं भएका कारण आफै हिँडेर वा घस्रेर समेत त्यस स्थानसम्म पुग्न नसक्ने चौहान परिवारले जनाएको छ ।