यस्तो बन्यो मल्टीस्टारर फिल्म ‘दे दे प्यार दे’को ट्रेलर (भिडियोसहित)

एजेन्सी, २० चैत्र । बलिउड चर्चित अभिनेता अजय देवगणको ‘दे दे प्यार दे’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिक बलीले निर्देशन गरेको फिल्म ‘दे दे प्यार दे’मा अजय देवगणको मुख्य भूमिका रहेको छ ।

डिभोर्स भइसकेको एक अधबैंसे पुरुष र टिनएज केटी बिचको प्रेम, रोमान्स र पारिवारिक माहौललाई ट्रेलरमा समावेस गरिएको छ ।

‘दे दे प्यार दे’, ट्रेलरमा अजयसँगै अभिनेत्रीद्धय तब्बु, रकुल प्रित सिंहको मुख्य भूमिका रहेको छ । फिल्म मे १७ तारिखमा रिलिज हुदैँछ ।