२०७२ सालको विनाशकारी भूकम्पमा परि २२ घण्टापछि उद्दार गरिएका बालक सोनिस अहिले यस्तो भए…(भिडियो)

काठमाडौं । २०७२ साल बैशाख १२ को कहाली लाग्दो विनाशकारी भूकम्पमा २२ घण्टा सम्म पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस अवाल अहिले पाच बर्षका भएका छन् । त्यति बेलाको समयमा उनको चर्चा देशमा मात्र नभई विदेशमा पनि चलेको थियो । भक्तपुरस्थित घर भत्केपछि सोनिस पुरिएका थिए।

भुकम्प गए लगत्तै भत्केको घरबाट सोनिसकी दिदी सोनिया अवाललाई नेपाली सेना र स्थानिय मिलेर उद्दार गरेका थिए तर सोनीसको कुनै पत्तो नलागेपछि सेनाले उद्दार कार्य बन्द गरेको थियो। अर्को दिन बिहान सोनिसकी आमाले बच्चा रोएको मधुरो आवाज सुनेपछि सेनाले फेरि उद्दार कार्य शुरु गरेपछि सोनिस फेला परेका थिए।

सोनीसको परिवार भक्तपुरमा ब्यासी नजिकै कोठा भाडामा लिएर बसेको छ। एउटा सानो कोठामा ४ जनाको परिवार बसिरहेको छ। उक्त कोठा ४ जनाकालागि अतिनै साँघुरो रहेको छ।