लगातार ओरालो लाग्दै सुनको मूल्य

काठमाडौँ, २० चैत्र । नेपाली बजारमा केहि दिनदेखि लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज बुधबार सुनको मुल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ५९ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (५९ हजार ५ सय रुपैया) मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय २५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।