बलिउड अभिनेत्री सोनाक्षीले चाँडै विवाह गर्दै

काठमाडौं, २० चैत । फिल्म ‘कलंक’को प्रचारमा रहेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले चाडै विवाह गर्न चाहेको बताएकी छिन् ।

फिल्मको प्रमोसन गर्न एक टिभी सो कार्यक्रममा पुगेकी सोनाक्षी सिन्हालाई सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले विवाह गर्न तयार रहेको र योग्य वरको खोजिमा रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘म विवाहका लागि तयार छु, तर योग्य वर भेटिरहेकी छैनँ, जसलाई म जीवनसाथी बनाउन सकूँ ।’

फिल्ममा सोनाक्षी सिन्हा, वरुण धवन, आलिया भट्ट, आदित्य राय कपुर, सञ्जय दत्त र माधुरी दीक्षितलगायत कलाकार रहेका छन् ।