एकाएक बेपत्ता भएका २२ वर्षीय युवक रुखमा झुन्डीएको अवस्थामा फेला

काठमाडौँ , २० चैत्र । गत आइतबारबाट बेपत्ता भएका तनहुँको भानु नगरपालिका वडा नम्बर १ हात्तिचौरका एक युवकको झुन्डिएको अवस्थामा शव फेला परेको छ। स्थानीयले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

उनले आत्महत्या गरे वा हत्या भएको हो त्यसको प्रहरीले अनुसन्धान थालेको छ । तनहुँको भानु नगरपालिका १ कटहरे स्थायी घर भएका २२ वर्षीय विनोद लम्साल भन्सार हात्तीचौरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

लम्साल सोमबार दिउँसो रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनास्थलमा कुनै नोट पनि फेला नपरेको समाचार छ ।