विराट कोहलीको बेंगलोरको लगातार चौथो हार !

एजेन्सी, २० चैत्र । इन्डियन प्रिमियर लिग(आईपीएल) भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले लगातार चौथो हार बेहोरेको छ ।

गएराती भएको खेलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गर्दा बेंगलोरले भने लगातार चौथो हार बेहोरेको हो ।

लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गर्दा राजस्थानले पहिलो जित दर्ता गर्न सफल भयो ।

राजस्थानसंग चौथो हार बेहोरेको बेंगलोरको अघिल्लो चरणको यात्रा कठिन बन्न थालेको छ ।

१ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । त्यस्तै अजिंक्या रहणे २२ रनमा आउट भए । स्टिभ स्मिथले ३१ बलमा २ चौेका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए । १६ ओभरको पहिलो बलमा स्टिम स्मिथ २३ रन बनाएको अवस्थामा युजवेन्द्र चाहलको बलमा उमेश यादवले बाउन्ड्री लाइन नजिकै सहज क्याच छाड्न पुगेका थिए ।

अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे । बेंगलोरले अन्त्यतिर फिल्डिङको क्रममा धेरै गल्ती गरेको थियो । बेंगलोरका लागि युजवेन्द्र चाहालले २ र मोहम्मद सिराजले १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।

विराट कोहलीले २५ बलमा ३ चौका सहित २३, एबी डि भिलियर्स १३ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनमा नट आउट रहे । स्टोइनिसले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा अलीले ९ बलमा २ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा अलीले जोफ्रा आर्चरलाई समान १ छक्का र चौका सथौ स्टोइनिसले अन्तिम बलमा चौका प्रहार गर्दै १७ रन बटुलेपछि सम्मानजक लक्ष्य सम्म पुग्न सफल भएको हो ।

बेंगलोरले आफ्नो पाँचौ खेल आगमी ५ अप्रिलमा कोलकता नाइट राइडसँग खेल्ने छ । राजस्थानले पनि ७ मार्चमा कोलकताको सामना गर्ने छ ।