एसईईको प्रश्नपत्र आउटमा प्रहरीकै संलग्नता, सिआइबीले पक्राउ गर्यो दुई प्रहरीलाई

काठमाडौ, २० चैत्र ‌। प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीकै संलग्नता पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले यस घटनामा प्रहरीकै संलग्नता भएको छानबिनमा पत्ता लगाएको हो ।

छानविनप्[पछि सिआइबीले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।

यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन् । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए । दुबै समितिले अनुसन्धान जारी रहेको बताइरहेको बेला सीआईबीले दुई प्रहरी जबानलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

एक प्रहरी उच्च अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुबैलाई हटकडी लगाइएको छ ।