इन्जुरी समयमा मेस्सी र स्वारेजले देखाए जादु, बार्सिलोना ठुलो संकटबाट बच्यो !

काठमाडौँ , २० चैत्र । ला लिगामा भिल्लारियलले जितिसकेको गेमको अन्तिम २ मिनेटमा बार्सिलोनाले जादु देखाएको छ ।

खेलको ९० मिनेटभर बार्सिलोनामाथि गोलको वर्षा गराएको भिल्लारियललाई इन्जुरी समयमा लियोनल मसी र लुइस स्वारेजको गोलले बार्सिलोनाले खेललाई बराबरीमा रोकेको हो ।

निकै रोमाञ्चक बनेको खेलमा १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।

तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै चार गोल वर्षायो । भिल्लारियलले २३, ५०, ६२ र ८० औं मिनेटमा बार्सिलोना बिरुद्ध गोल गरेको थियो ।

तर ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्न पुग्यो । जसको फाइदा लिँदै बार्सिलोनाले तीन मिनेटमा दुई गोल फर्काउन सफल भयो ।