कतै तपाइको हात-खुट्टा सुन्निएको त छैन ? सावधान रहनुहोस हीमोग्लोबिनको कमीको लक्षण हुन सक्छ !

हीमोग्लोबिन एक प्रकारको प्रोटिन हुने गर्छ, जसमा आइरन हुन्छ । यसले अक्सीजनलाई शरीरको एक भाग देखि दोस्रो भागमा पुर्याउँछ । स्वस्थ पुरुषको शरीरमा १३-१६ र महिलामा १२-१४ मिलिग्राम प्रति डेसिलीटर हीमोग्लोबिन हुनुपर्दछ । हात-खुट्टा सुन्निने , एकाग्रताको अभाव, चाँडो थकान र सास फुल्नु यसको लक्षण हो ।

आइरन र भिटामिन बी-१२ को कमी, शरीरको कुनै भाग देखि रक्तस्राव हुनु जस्तै अत्यधिक महिनावारी, बवासीर, आन्द्राको अल्सर र मलद्वारबाट रगत आउनु । स्टूलको जाँच, सोनोग्राफी कम्प्लीट ब्लड काउन्ट, भिटामिन बी-१२ र बोन म्यारोको जाँचबाट कमीको कारण पत्ता लाग्छ ।

रगतको कमीलाई हटाउनका लागि सबैभन्दा पहिले खानामा हरियो सागसब्जीहरू(पालक, मेथी) फलफूल र सलादको मात्रा बढाउनु पर्दछ । आइरनको गोली या आइरन सुक्रोजको इन्जेक्शन, भिटामिन बी-१२ को गोली या इन्जेक्शन चिकित्सकको सल्लाह अनुसार लिनुहोस् । बढी रगतको कमी भएमा रोगीले विशेषज्ञले बताए अनुसार ब्लड चढाउनु पर्दछ ।