के तपाइँको पनि यस्तै नङ्ग फुलेको छ त्यसो भए होसियार हुनुस् लाग्न सक्छ यस्तो खतरनाक रोग

के तपाइँको पनि यस्तै नङ्ग फुलेको छ त्यसो भए होसियार हुनुस् लाग्न सक्छ यस्तो खतरनाक रोग [ शेयर गरौँ ]हातखुट्टाका नङको रङले मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यका बारेमा पूर्ण जानकारी गराउँछ । नङमा देखिने सेतो दाग, गुलाबीपन या धर्सो हुनुको अर्थ हो— शरीरमा कतै कुनै गम्भीर प्रकृतिको रोग अदृश्य रूपमा पलाइरहेको छ । कलेजो, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्याक्तिको नङबाट थाहा हुन्छ । नङको काम हातखुट्टाका औंलाको सौन्दर्य बढाउनुमात्र होइन, यसले शरीरभित्र गुप्त रूपमा रहेका रोगहरूका बारेमा पनि संकेत दिन्छ ।

शरीरभित्र कुनै अंगप्रत्यंगमा के कस्तो किसिमको खराबी छ, या हुने सम्भावना छ भनेर नङले आफ्नो आकार, प्रकार र रङ परिवर्तन, पातलो, मोटोखस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदिजस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ । जसरी कुनै बिरामीको रोग पत्ता लागाउन आवश्यकतानुसार उसको एक्स–रे, ईसीजी, इलेक्ट्कार्डियोग्राम, दिसा, पिसाब, खकार, रगतलगायतको जाँच गराइन्छ । जाँचका क्रममा चिकित्सकद्वारा रोगीको अब्जर्वेसन गर्नुका साथै उसको शारीरिक परीक्षण गर्ने क्रममा रोगीको हातखुट्टाका औंलाहरूको पनि निरीक्षण गरिन्छ । यसबाट पनि रोगको निदानमा थप मद्दत मिल्छ ।

व्यक्तिको नङले पनि रोग निदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । आधुनिक चिकित्सा विज्ञान (एलोप्याथिक)ले व्यक्तिको नङलाई रोग निदानबाहेक अन्य महत्त्व दिँदैन भने आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा बिरामीको नङको रङ परिवर्तन हुनुलाई विशेष महत्त्व दिइन्छ । कारण के हो भने रोग, रोगी र स्वास्थ्यको परिभाषा आधुनिक चिकित्सा एलोप्याथिकको कन्सेप्टभन्दा होमियोप्याथिकको अवधारणा अलिक फरक हुनुका साथै उपचार गर्ने तरिका पनि भिन्न छ ।