गत चैत्र १३ गते काठमाडौंको गौशालाबाट प्रहरीद्वारा पक्राउ गरी बेपत्ता पारिएकी सुनिता राईलाई तत्काल रिहाइ गर्न किरात राई विद्यार्थी संघको माग (बिज्ञप्ति सहित)

काठमाडौं, १९ चैत । किरात राई विद्यार्थी संघले आफ्नाे संगठनका पूर्व केन्द्रीय परिषद सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष सुनिता राईलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

संघले एक बिज्ञप्ति जारी गर्दै गत चैत १३ गते काठमाडौंको गौशालाबाट पक्राउ गरिएकी राईलाई हालसम्म सार्बजनिक नगरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेको हो ।

संघकी अध्यक्ष बिर्सिका राई र महासचिव सोभित राईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा यस घटनाप्रति घोर भर्त्सना गरिएको छ ।

परिवारले सुनितालाई सरकारले बेपत्ता बनाएको दाबी गरेको छ । सुनिता नेत्रविक्रम चन्द ‘विप्लव’को कार्यकर्ता हुन् । उनी नेकपाका संखुवासभा जिल्ला सदस्य हुन् ।

चन्दको कार्यकर्ता भएकैले प्रहरीले उनलाई पक्राउ गरेको हो । सुनितासँगै नेकपाका संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको थियो । हालसम्म दुवैलाई सार्वजनिक गरिएको छैन ।

बिज्ञप्ति हेर्नुहोस् –