एसिया प्यासिफिक तेक्वान्दोमा स्वर्ण पदक जितिन् १३ बर्षीय सविनाले

काठमाडौ, १९ चैत्र । मलेसियामा भएको प्रथम एसियन प्यासिफिक तेक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा नेपालकी सविना श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

१४ गतेदेखि १९ गतेसम्म सञ्चालित प्रतियोगिमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी श्रेष्ठले ४४ देखि ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

नेपालको शान राख्दै उनी आजै नेपाल फर्कदै छन् । सोही अवसरमा उनलाई विभिन्न संघ संस्थाले स्वागत गर्ने कार्यक्रम समेत रहेको नेपाल तेक्वान्दो संघ गुल्मीका अध्यक्ष भीम ज्ञवालीले जानकारी दिनुभयो ।

गुल्मीको रुरु गाउँपालिका ४ वलेटक्सारमा जन्मिएकी श्रेष्ठले जिल्लाकै श्रीङ्गेश्वर तेक्वान्दो डोजाङमा प्रशिक्षण लिएकी हुन् ।

१३ वर्षीय श्रेष्ठ यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा थुप्रै स्वर्ण पदक हासिल गरिसकेकी छन् । तर यो सफलता सबै भन्दा खुशीको क्षण रहेको प्रशिक्षक ज्ञवालीको भनाइ छ ।