चट्याङ लागेर एक युवाको मृत्यु

रोल्पा, १९ चैत। गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो ।

खाना खादै गरेका परियार चट्याङमा परेका थिए । हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो ।रासस