सिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीबीच ग्याङ फाइट : नेपाली विद्यार्थी अनिश शाही गम्भीर घाइते, मारक लिम्बुु प्रहरीको हिरासतमा, अष्ट्रेलियन बिद्यार्थी जमानतमा रिहा !

सिड्रनी, १९ चैत्र । अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियन बिद्यार्थीबीच कुटाकुट भएको छ ।

सोमबार राती जर्ज स्ट्रिट नजिकै बाटो काट्ने क्रममा नेपाली र अस्ट्रेलियन विद्याथीबीच भएको झगडाले उग्र्ररुप लिएपछि हात हालाहालको भएको होे ।

हानहान भएपछि अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा २२ वर्षीय नेपाली विद्यार्थी अनिश शाही गम्भिर घाईते भएका थिए । उनको टाउकोको हड्डी भाँच्चिएको छ भने दिमागमा रक्तश्राव भएको छ । घाईते शाही अहिले उपचारको लागि सेन्ट भिन्सेन्ट अस्पतालमा भर्ना भएका छन् ।

त्यस्तै अर्का नेपाली विद्यार्थी मारक लिम्बुु प्रहरीको हिरासतमा छन् । अस्ट्रेलियन स्कुडर दाजुभाइले नेपाली विद्याथी अनिश शाहिलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले अस्ट्रेलियन दाजुभाइमाथि चक्कु प्रहार गरेका थिए ।

एनएसडब्लू पुलिसका अनुसार सोमबार रातीको उक्त घटनापछि पार्क स्ट्रिट नजिकै जर्ज स्ट्रिटमा आपतकालीन सेवा बोलाइएको थियो । घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो ।

घटनापछि अस्ट्रेलियन स्कुडर दाजुभाई जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी मारक लिम्ब भने हिरासतमै रहेका छन् ।