चर्चित भारतीय गायिका तथा बलिवुड प्लेब्याक सिंगर नेहा कक्कर नेपाल आउदै, काठमाडौँको दुई स्थानमा लाइभ गाउदै

काठमाडौं, १९ चैत्र । चर्चित भारतीय गायिका तथा बलिवुड प्लेब्याक सिंगर नेहा कक्कर नेपाल आउदै छिन । उनि दुई दिनको लागि काठमाडौं आउने भएकी हुन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् ।

भारत कै चर्चित गायिका नेहाको नेपालमा पनि उत्तिकै फ्यान भएका कारण आयोजकले उनलाई ल्याएका हुन् । नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् ।

आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ । नेहा त्यस्ती युवती हुन् जो इन्डियन आइडलबाट बीच मै आउट भइन तर त्यसको केहि वर्ष पछी त्यहि शो इन्डियन आइडलको जज बन्न सफल भइन ।

इन्डियन आइडलको यात्रा बीच मै टुटे पछी उनि म्युजिकलाई झन् मन लगाएर अध्ययन र रियाज गर्न थालिन । अन्तत उनले आफ्नै भाई टोनी कक्करसंग गाएको गित ‘मिले तुम हामको’ भारतीय म्युजिक इतिहास कै हिट मध्य गनियो । उक्त गित आजको मिति सम्म ७११ मिलियन भन्दा बढी पटक हेरी सकिएको छ । १०० मिलियन पटक हेरिएको गित नै दर्जनौ छन नेहाको । त्यति मात्र हैन आजकाल नेहाको हरेक गितले सजीलै १० मिलियन भ्युज पाउने गर्दछ । तिनै गायिका नेहा कक्करलाई नेपाली फ्यानले पनि अब नजिकबाट सुन्न पाउने भएका छन ।