बलिउड चर्चित गायिका नेहा कक्कर काठमाडौं आउँदै

काठमाडौँ, १९ चैत्र । चर्चित बलिउड गायिका नेहा कक्करनेपाल आउने भएकी छिन् ।

नेहा आगामी चैत्र २७ गते आफ्नो प्रस्तुतिका लागि नेपाल आउने भएकी हुन् ।

उनले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा र २८ गते ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स ९ एलओडीमा प्रस्तुती दिँदैछिन् ।

नेहाका ‘आज ब्लु हें पानि, मिले हो तुम हम को , आँख मारे , दिलबर , काला चस्मा लगायत थुप्रै गीतहरु चर्चित छन् ।

नाच्दै ,अभिनय गर्दै गाउन सक्ने खुबि भएकी नेहाको मेरे रसके कमर, ईसमे तेरा घाटा लगायतका कभर गीतहरु पनि सुपरहिट भएका छन् ।

पछिल्लो केहि समययता भने नेहा ब्रेकअपका कारण केहि निरास भएको खबर भारतीय मिडियामा छाएको छ ।