असिनाले गहुँ र तरकारीमा क्षति

जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारी बालीमा नोक्सानी पु¥याएको छ ।

सोमबार साँझ हावाहुरीसँगै एकाएक परेको असिनाले जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, जोरायल, केआइसिंह, सायल, पूर्वीचौकीलगायतका गाउँपालिका, दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिकाका खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पु¥याएको पूर्वी चौकी गाउँपालिकाका स्थानीय तथा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिहान घाम लागेको थियो साँझ एकाएक असिना प¥यो किसानले लगाएको गहुँखेती, तोरीबाली र तरकारी बाली पूरै सखाप पा¥यो ।” असिनाले पाकेर भित्र्याउनै लागेको गहुँबालीमा नोक्सान गरेपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीको भरमा आश्रित रहेका किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पु¥याएपछि निरास भएका उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । असिनाले किसानले लगाएका तरकारीलगायत टमाटर, बन्दा, प्याज र काक्रा खेतीमा समेत नोक्सानी पु¥याएको बताइको छ ।

हावाहुरी पीडितलाई पाँच दिनको तलब प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले विनाशकारी हावाहुरीका कारण समस्यामा परेका पीडितलाई राहतस्वरुप आफ्नो पाँच दिनको तलब दिने घोषणा गर्नुभएको छ । आइतबार आएको हावाहुरीले पीडित बनेकालाई राहत मिलोस् भन्ने उद्देश्यले आफूले पाँच दिनको तलब दने घोषणा गरेको प्रजिअ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितलाई केही राहत मिलोस् भनेर आफूले पाँच दिनको तलब दिने घोषणा गरेको हुँ, यो रकमले केही हदसम्म सहयोग मिल्ने छ ।”

उहाँले पाँच दिनको तलव दिने भनी आफ्नो फेसबुकमार्फत् सार्वजनिक गर्नुभएको हो । सरकारी कर्मचारीले राहतस्वरुप के कति रकम दिने भनी सरकारी निर्णय भई नसकेको भए पनि उहाँले राहत दिने घोषणा गर्नुभएको हो ।रासस