रबि ओडसँगको तस्बिर शेयर गर्दै बुद्धले लेखे यस्तो स्टाटस !

काठमाडौँ, १९ चैत्र । नेपाल आइडल सिजन वानका बिजेता बुद्ध लामा र सिजन २ का बिजेता रबि ओड एकसाथ देखिएका छन् ।

नेपाल आइडल सिजन १ का बिजेता बुद्ध लामाले रबि ओड सँगको तस्बिर सेयर गरेका हुन् ।

रबिसँगको तस्बिर शेयर गर्दै बुद्धले लेखेका छन्, ‘राम्रो समय आउछ र जान्छ, तर सम्झना सदाको हुनेछ ।’

बुद्धको यस्तो स्टाटसले उनीहरुको मित्रता निकै राम्रो रहेको अनुमान लागाउन सकिन्छ । रबि र बुद्ध पछिल्लो समय निकै व्यस्त छन् । उनीहरु देश-विदेशका कार्यक्रमहरुमा बढी देखिन्छन् ।