आखिर प्रहरीले किन सार्वजनिक गर्न मानेन रमिलाको हत्यारा गुरुङलाई ?

काठमाडौँ, १९ चैत । हत्या गरि फालिएकी मोरङ उर्लाबारीकी रमिला राईको शव कोसी ब्यारेजमा भेटिएको १ हप्ता बितिसक्दा पनि उनको हत्यारा सार्बजनिक गरिएको छैन ।

आफन्त तथा स्थानीयले तत्काल हत्यारा र सार्वजनिक गर्न माग गर्दै आइरहेकाभए पनि प्रहरीले तर्दै आइरहेको छ ।

राईको हत्यारा एमाले नेता योगेन्द्र गुरुङ अनुसन्धानमा रहेको भन्दै प्रहरीले स्थानीयबासी र आफन्तलाई टार्दै आइरहेको हो ।

प्रहरीले उपरीक्षक मनोज केसीका अनुसार अनुसन्धान जारी रहेको भन्दै हत्यारा तत्काल सार्वजनिक नगर्ने बताएका छन् । उनले भने, ‘रमिलाएको हत्यारा तत्काल सार्वजनिक गर्दैनौ । अनुसन्धान जारी रहेकोले हत्यारा सार्वजनिक गर्न सकेका छैनौँ ।’

स्थानीयहरूले हत्यारालाई बेलबारी इलाका प्रहरी कार्यालयमा सार्वजनिक गर्न माग गर्दै आएका छन् ।