साम्राज्ञीको १६ लाख पारिश्रमिक, गरिन् नयाँ फिल्ममा साइन

काठमाडौं, १९ चैत्र । अहिलेकी चल्तीकी नायिका साम्राज्ञी आरएल शाहले नयाँ चलचित्रको लागि १६ लाख रूपैयाँ पारिश्रमिक लिने भएकी छन् ।

साम्राज्ञीले नयाँ बन्न लागेको चलचित्र ‘रातो टीका निधारमा’मा १६ लाख रूपैयाँ पारिश्रमिक लिने भएकी हुन् ।

आयकर आँफैले तिर्ने र १६ लाख पारिश्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन् ।

सोमबार निर्देशक अशोक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन् ।

फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन् । उनी साम्राज्ञीको जोडी बनेर सिनेमामा देखिदै छन् ।

फिल्मको छायांकन वैशाखदेखि सुरू हुने बताइएको छ । दसैंमा फिल्म रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।