नहुनेलाई कस्तो, हुनेलाई सस्तो भनेको यहिँ हो : प्रियंका र निकले स्टेजबाट दर्शकको भिडतिर केक फ्याँकेपछि सामाजिक संजालमा गालीको बर्षा !

एजेन्सी, १९ चैत्र । स्टेजबाट दर्शकहरुको भिडमा केक फालिरहेको भिडियो केहि दिन अघिदेखि सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यसै केक फाल्ने अरु कोहि नभएर बलिउड नायिका प्रियंका चोपडा र उनका पति निक जोनस सहित उनका देवर हुन् ।

अमेरिकन सिङ्गर तथा म्युजिसियन स्टेभ ओकिको कन्सर्टबाट उक्त भिडीयो भाइरल बनेको हो । प्रियंका र निक उपस्थित उक्त कार्यक्रममा प्रियंकाका देवर पनि पुगेका थिए । यी तिनै जना मिलेर दर्शकमाझ केक फालिरहेको तस्बिर र भिडियो अहिले चर्चामा रहेको हो ।

यस्तो भिडियो र फोटो सामाजिक संजालमा भाइरल बनेपछि उनीहरुको चर्को आलोचना गरिएको छ । कोहि खान नपाएर ज्यान गुमाइरहेको अवस्थामा यस्तो हर्कत गरेको भन्दै उनीहरुको आलोचना गरिएको हो ।