आफ्नै खर्चमा औषधि र लत्ताकपडा बोकेर हावाहुरी प्रभावित क्षेत्र बारा पुगे डा.केसी !

काठमाडौँ, १९ चैत्र । हावाहुरीबाट घाइतेहरुको उपचारको लागि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी बारा जिल्ला पुगेका छन् ।

हावाहुरीबाट घाइतेहरूको उपचारको लागि स्वास्थ्य शिविर चलाउन केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेक हुन् ।

डा केसीले आफ्नै खर्चमा पीडितलाई लत्ताकपडा र खाद्यान्न समेत वितरण गर्ने बताइएको छ ।

हावाहुरी प्रभावित क्षेत्रमा सेवा गर्न भन्दै केसी सोमबार काठमाडौँबाट एक्लै रात्रीबस चढेका थिए । बारा पुगिसकेका केसीले मंगलबार दिनभरि शिविर चलाउने छन् ।

विभिन्न प्रकारको औषधी सहित केसी बारा पुगिसकेका छन् । स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य शिविर चलाउने उनको तयारी रहेको छ ।