हावाहुरी प्रभावितलाई सहयोग गर्न प्याब्सन र हिसानको आग्रह

काठमाडौँ, १९ चैत । बारा र पर्सामा हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र उच्च विद्यालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले प्रभावितहरुका लागि माननीय सहयोगमा जुट्न आफ्ना विद्यालयलाई आग्रह गरेका छन् ।

हिसानका अध्यक्ष रमेश सिलवाल र प्याब्सनका महासचिव कुमार घिमिरेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी जोखिम व्यवस्थापन र पीडितको जीउधनको सुरक्षा दिन, स्वास्थ्य उपचार र राहत जुटाउन तथा मन, वचन र कर्मले साथ दिन सम्बन्धित प्रदेश र जिल्ला समिति तथा विद्यालयलाई आग्रह गर्नुभएको हो । यही चैत १७ गते साँझ ती जिल्लामा आएको भीषण हुरीले २७ जनाको ज्यान गएको थियो भने पाँच सयभन्दा बढी घाइते भएका छन् । रासस