काठमाडौँको रिङरोड कै पुल मुनि एक युवकको वेवारिसे शब फेला : पेट, घाटी र कम्बरमा क्षतविक्षत हुनेगरी धारिलो हतियारले काटी विभत्स हत्या (फोटो)

काठमाडौं, १९ चैत्र । काठमाडौँको रिङरोड कै पुल मुनि एक युवकको वेवारिसे शब फेला परेको छ । स्वयम्भु स्थित स्यूचाटार पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो।

मंगलबार बिहान खोलाको फोहोरमा प्लास्टिक संकलन गर्ने क्रममा सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला स्थानीयबासीले थाहा पाएका थिए । त्यसछी स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा घेरा हालेर अनुसन्धान सुरु गरेको छ । मृतकको अनुहार स्पष्ट चिनिने भए पनि मृतक को हुन् अहिले सम्म पहिचान हुन सकेको छैन ।