गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

पर्वत, १९ चैत । पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो ।

यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर काङ्ग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको काङ्ग्रेसले सोमबारदेखि पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । काङ्ग्रेसले चरणवद्धरूपमा आन्दोलन गरेपछि गाउँपालिका र काङ्ग्रेसबीच सोमबार दिउँसो वार्ता भए पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत नेपाली काङ्ग्रेसका उज्ज्वल गुरुङले जानकारी दिनुभयो । वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको गुरुङले बताउनुभयो । छलफलका क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आप्mनो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको थियो ।

काङ्ग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काङ्ग्रेसका मागलाई हाँसोमा उडाउनुसरह हो भन्दै तालाबन्दी गरेको जनाएको छ । काङ्ग्रेसले आप्mना न्यूनतम माग पूरा हुनुपर्ने, अधिकारसहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमति कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकाले घटाइनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलापमा काङ्ग्रेसलाई पनि सहभागी गराइनुपर्ने माग पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलिने अन्यथा तालाबन्दी अनिश्चितकालसम्म रहने बताएको छ । गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले काङ्ग्रेसलाई विभिन्न सात विषयमा छलफलका लागि बोलाइएको तर त्यो वार्ताका रूपमा भने नरहेको बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मङ्गलबार पुनः छलफल गर्ने तयारी भए पनि काङ्ग्रेसले आप्mना माग पूरा गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको जानकारी दिनुभयो । उहाँले यो समस्याको समाधान छिट्टै समाधान हुने बताउनुभयो ।

असिनाले करोडाँैको बालीनाली नष्ट

पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा सोमबार दिउँसो आएको असिनापानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका, विहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफूल खेतीमा ठुलो क्षति पु¥याएको हो । करीब एक घण्टा परेको असिनाले बालीनालीसँगै फूल खेल्दै गरेको सुन्तलाबाली, भित्र्याउने तयारीमा रहेको गहुँ, तोरीलगायतका बाली पूर्णरूपमा झारेर नष्ट गरेको नगरपालिका–८ छिस्तीका गोविन्द पौडेलले जानकारी दिनुभयो । नगरपालिका–७ को जैदीमा पनि असिनापानीले क्षति पु¥याएको पौडेलले बताउनुभयो । फलेवास नगरपालिकाको वडा नं ५, ६, ७, ९, १०, ११, विहादी गाउँपालिका वडा नं १ मा पनि असिनापानीले बालीनालीमा क्षति भएको छ ।

फलेवास नगरपालिका वडा नं ९ भङ्गाराका अर्जुन क्षेत्रीले हिउँदेबाली सबै असिनाले सखाप पारेको बताउनुभयो । पर्वतका एक दर्जन स्थानमा असिनापानीले बालीनालीमा ठूलो नोक्सानी पु¥याएको तर क्षतिको यकिन विवरण भने सङ्कलन गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । पर्वत र बागलुङ जिल्ला हेर्दै आएको केन्द्रले दुवै जिल्लामा क्षतिको विवरण सङ्कलनका लागि प्राविधिक परिचालन गरिएको उहाँले बताउनुभयो । रासस