आज पनि तराइका जिल्लामा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने, सबैलाई सचेत रहन आग्रह

काठमाडौँ, १९ चैत्र । काठमाडौं उपात्यका लगायत देशभरको मौसम आज मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

बेलुका तिर पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले बताएकी छन् ।

विशेष गरि तराईका क्षेत्रमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने मौसमविदको भनाई छ ।