एक्कासि बसमा आगो लाग्यो : २० जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं, १९ चैत्र । पेरुको राजधानी लिमामा एक बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

बसबिसौनीमा राखिएको दुई तले बसमा अचानक आगो लाग्दा कम्तीमा आठजना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार, आगो बसको पछाडीको भागबाट लाग्न शुरू भएको थियो र तत्कालै फैलियो ।

मारिएकामध्ये अधिकांश बसको माथिल्लो तल्लामा रहेको अधिकारीहरूले जनाएका छन् ।

बसमा कतिजना सवार थिए भन्ने स्पष्ट हुन सकेको छैन । बसमा आगो निभाउने कुनै साधन नभएको अधिकारीहरूको भनाइ छ ।