सोमबार राति दैलेखमा गयो शक्तिशाली भूकम्प !

दैलेख, १९ चैत्र । सोमबार राति दैलेखलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ ।

राति ८ बजेर ४७ मिनेट जाँदा दैलेखको भवानी क्षेत्रलाई केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पले मानिसहरु त्रसित भएपनि कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

भूकम्प गएको समयमा हावाहुरीसँगै मेघ गर्जन सहित व्यापक वर्षा भएको थियो ।