यस्ता मानिसले सुन लगाउनै हुदैन,सुन लगाउने सही तरिका बारे के भन्छ ज्योतिषशास्त्र

सुनको महत्व विशेषगरी धार्मिक तथा शृंगारको लागि बढी प्रयोग हुन्छ। ज्योतिष शास्त्रका अनुसार सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभावका कारण हामीमाथि प्रत्येक धातुले आफ्नै किसिमको प्रभाव पार्छ । ज्योतिषीहरुले सुन लगाएर ग्रालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन् ।

यदी तपाई आफ्नो जीवन सजाउन चाहनुुहन्छ भन्ने सुन लगाउने र राख्ने सही विधि जानीराख्नुस:

ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ । यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । ज्योतिषशास्त्रअनुसार यसलाई शुभ मानिन्छ । तर गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ ।

साथै, खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ । सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ । फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ। यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ।

सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ । कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ।