हावाहुरी प्रभावितलाई प्रदेश -२ काँग्रेसले १० लाख उपलब्ध गराउने

काठमाडौँं, १८ चैत्र । आइतबार राति आएको आँधीबेहरीबाट प्रभावितलाई नेपाली काँग्रेसले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश नम्बर २ काँग्रेसले हावाहुरी पीडितलाई खाना बस्नका लागी र शिविर सञ्चालनका लागि १० लाख दिने घोषणा गरेको हो ।

काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेको स्रोतले बताएको छ ।

उनले विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्नु आग्रह समेत गरे ।