कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाल समृद्ध बनोस्: अच्युतानन्द

काठमाडौँ, १८ चैत। भारत भ्रमणमा रहनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र दक्षिण भारतको केरलाका पूर्वमुख्यमन्त्री अच्युतानन्दबीच भेटवार्ता भएको छ ।

भेटघाट कम्युनिष्ट आन्दोलन, भारतको आसन्न लोकसभा चुनाव र केरलाको सम्भावित चुनावी नतिजाका विषयमा केन्द्रित भयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता खनालले सम्भवतः विश्वकै ज्येष्ठ कम्युनिष्ट नेता( ९५ वर्षीय) लाई भेट्दा र उहाँको सक्रियता देख्दा आफू अझै तन्नेरी भएको र नेपाली कम्युनिस्ट आन्दोलनमा अझ धेरै योगदान गर्ने जाँगर आएको प्रतिक्रिया दिनुभयो । नेपाली जनतालाई के सन्देश छ भन्ने प्रश्नमा अच्युतानन्दले कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाल समृद्ध बनोस् भन्नुभएको नेता खनालको निजी सचिवालयले जनाएको छ ।रासस