रवी ओडले जापानमा दिए यस्तो धमाकेदार प्रस्तुति (भिडियो)

काठमाडौँ । नेपाल आइडल सिजन २’ का बिजेता रवि ओडसहित बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल अहिले वर्ल्ड टुर अन्तर्गत जापानमा छन् । उनि फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारीको साथ जापान पुगेका हुन्।

नेपाल आइडल सिजन २ को टाइटल जितेको खुसि साट्न नपाउदै आमाको निधनले मर्माहत बनेका रविले जापानमा दर्शकहरुको निकै माया पाए । हालै जापानको फुकोवोका आयोजित साङ्गीतिक कार्यक्रममा उनले दिएको धमाकेदार प्रस्तुति बाहिरिएको छ । यसपछि नेपाल आइडलका टप ५ प्रतियोगीहरुको जनवरी ४ मा नागोया र ५ मा टोकियोमा लाइभ प्रस्तुति रहनेछ ।