सबै भन्दा धेरै बेचिने पुस्तक बन्यो मनिषा कोइरालाको किताब ‘Healed’

एजेन्सी, १८ चैत्र । अभिनेत्री मनिषा कोइरालाले आफ्नो क्यान्सर यात्राबारे लेखेको किताब ‘हेल्ड’ (Healed) सबैभन्दा बढी बेचिने कितावमा पर्न सफल बहेको छ ।

अनलाइन सपिङ कम्पनि अम्याजन डट कमको लिस्टमा उनको किताब सबै भन्दा धेरै बेचिनेमा नम्बर एकमा पर्न सफल भएको हो ।

अभिनेत्री मनिषाले हालै फेसबुकमा एक स्टाटस लेख्दै उनले यसको जानकारी गराएकी हुन् । उनको बुक अहिले सर्वाधिक डिमाण्डेड बनेको छ ।

अंग्रेजीमा रहेको उक्त किताबलाई उनले छिट्टै नेपाली संस्करणमा समेत निकाल्दै छिन् । मनिषाले केहि दिन अघि मात्र काठमाडौँमा एक कार्यक्रमका बीच यस किताबको बारेमा जानकारी दिएकी थिइन् ।

क्यान्सरलाई जितेर पछिल्लो समय फिल्ममा समेत सक्रिय बनेकी उनि अन्तिम पटक राजकुमार हिरानी निर्देशित ‘संजु’मा देखिएकी थिइन् भने छिट्टै उनलाई फिल्म ‘प्रस्थानम’मा संजय दत्तको अपोजिटमा देखिदै छ ।