भारतीय सेनामा कार्यरत पर्वतका यी बहादुर गोर्खा सैनिकको जीवनीमा गायक हिमेशले बलिउड फिल्म बनाउँदै, को हुन् यी व्यक्ति र किन बन्दै फिल्म ? जान्नुहोस्

काठमाडौं, १८ चैत्र । भारतीय सेनामा कार्यरत गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीमा बलिउड फिल्म बन्ने भएको छ ।

नेपालको पर्वत जिल्लामा जन्मि हाल भारतीय सेनामा कार्यरत रहेका श्रेष्ठको जिवानिमा गायक हिमेश रेशमियाले फिल्म बनाउने भएका हुन् ।

गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागी उने राइट्स समेत लिइसकेका छन् । श्रेष्ठले सन् २०१० मा गरेको एक महान कामले गर्दा भारतका जनताले उनलाई अझैसम्म पनि सम्झने गर्दछन् ।

सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए ।

श्रेष्ठ मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए । लुटेराले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थालेपछि उनले एक्लै ति लुटेराको सामना गरेका थिए ।

गोर्खाली खुकुरीको प्रयोग गरि उनले यात्रुहरुको चार लाख नगद, सुनका गरगहना, मोबाइल , ल्यापटप लगायतका सामग्री जोगाएका थिए । घटनामा ३ डाकाको ज्यान गएको थियो भने आठ जना घाईते भएका थिए । यता श्रेष्ठलाई पनि बायाँ हातमा चोट लागेको थियो ।