प्रदेश नं ३ का मुख्यमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा

हेटौँडा, १८ रासस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोली आइतबार साँझ आएको ठूलो हावाहुरीका कारण बारा र पर्सा जिल्लामा धनजनको क्षति प्रभावित क्षेत्रमा आज पुगेको छ ।

टोलीले प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरनिया र कलैया अस्पतालमा पुगेर घाइतेलाई स्वास्थ्यलाभको कामना ग¥यो । मन्त्री दुलालका अनुसार मुख्यमन्त्रीसहितको टोलीले पीडित परिवारको क्षतिग्रस्त घर र अस्पतालमा समेत पुगेर उनीहरुको अवस्थाको जानकारी लिनाका साथै सहयोगका लागि सबैलाई आग्रह गरेको छ । प्रदेश नं ३ बाट पनि कलैया अस्पतालमा स्वास्थ्यकर्मी टोली पुगेको छ । रासस