अभिनेत्री सुष्मा कार्की दुर्घटनामा

काठमाडौं । अभिनेत्री सुष्मा कार्की मोटरसाइकल दुर्घटनामा परेकी छन् । मंगलबार बिहान उनी चढेको मोटरसाइकल नक्सालमा दुर्घटना भएको हो । शुस्मा नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर पनि हुन् ।

दुर्घटनामा उनको देब्रे हातमा चोट लागेको छ भने खुट्टामा पनि समस्या देखिएको छ । उनको अहिले ललितपुरस्थित मेघा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।