डिभोर्सको हल्ला गर्नेहरुलाई मुख बन्द गर्नु भन्दै प्रियंकाले पोष्ट गरिन् यस्तो तस्बिर !

काठमाडौ, १८ चैत्र । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकन गायक निक जोनस बिचको डिभोर्सको खवर अहिले चौतर्फी फैलिरहेको बेला प्रियंकाले तस्बिरबाटै प्रतिक्रिया दिइराहेकी छिन् ।

यस्तो अफवाह फैलाउने खवरलाई खण्डन गर्दै प्रियंकाले शोसल मिडियामा पारिवारीक तस्वीरहरु शेयर गरेर खवर सत्य नभएको संकेत गरेकी हुन् ।

विवाह गरेको तीन महिना पनि नपुग्दै अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गरेपछि बलिउड मात्र होइन विश्व नै तरंगित भएको छ ।

प्र‍ियंकाले आइतवार न‍िक जोनस र उनको परिवारसँग रहेको फोटोहरू शेयर गरेकी छिन् । जुन फोटोलाई हेरेर प्रियंका आफ्नो परिवारसँग खुसी रहेकी देखिएकी छिन् ।

तस्वीरमा प्रियंकाको साथमा निकका दाजुभाई र उनको सासु ससुरा देखिएका छन् । प्रियंकाको यस तस्वीरलाई उनीहरुबिच फैलिएको अफवाहको जवाफ मानिएको छ ।

ओके म्यागाजिनले ३६ वर्षीया अभिनेत्री प्रियंका र २६ वर्षीय निकबिच स-साना कुराहरु मतभेद आउन थालेपछि एक अर्का छुट्टिने तयारीमा लागेकाे समाचार प्रकाशित गरेको थियो ।

म्यागजिनका अनुसार यी दुई पार्टी जाने कुरादेखि काम गर्ने समय आदि विषयमा धेरै झगडा गर्ने गरेको र प्रियंकाले हर कुरामा निकलाई कन्ट्रोल गर्ने गरेपछि निकको आमा बाबु प्रियंका प्रति रुष्ट भएको खवर छापेको थियो ।

उनीहरुले प्रियंका उमेरले परिपक्व भएपनि ब्यवहारले परिपक्व नभएको कारण पछिल्लाे समय निकलाई प्रियंकासँग डिभोर्स दिन दवाव दिएको बताएको थियो ।