बारा र पर्सामा केन्द्र सरकारले कपडासँगै पठायो ४६८ वटा त्रिपाल

काठमाडौं, १८ चैत । हावा हुरी प्रभावित जिल्ला बारा र पर्सामा संघीय सरकारले ४६८ वटा त्रिपाल पठाएको छ ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाली सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको हो ।

बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले ५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए ।

अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको खनालले जानकारी दिए । यसअघि शहरी विकास मन्त्रालय अन्तरगत विपदका लागि आवश्यक सामान किनेर भण्डारण गरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ ।

खनालका अनुसार ४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ ।